चितवन, १५ मंसिर । चितवनवाट निर्माण भइरहेको सामाजिक कथामा आधारित टेलिश्रृखला विधाता दर्शकको रोजाईमा पर्दै गएको छ । चितवन मुक्ति कंडेलको लेखन तथा निर्देशनमा आठौं श्रखला सम्म आइपुगदा दर्शकहरुले राम्रो साथले थप हौसला मिल्दै गएको निर्माणपक्षले जनाएको छ ।
नविन टिभी नामको यूटूब च्यानलमा अपलोड भएको भिडियो थोरै समयमा पनि दर्शकहरुको राम्रो साथ पाइरहेको निर्देशक कंडेलले बताउनुभयो । सामाजिक कथा, जीवनका अनेकन भोगाईलाई पर्दामा कथा मार्फत प्रस्तुतगर्नेकाम गरिएको छ । विद्यातामा बवि भारती, आशाराम सुनार, राम नेपाल, रामशरण कोइराला, इश्वरी बराल, सन्तोष तामाङ, सन्दे्श भट्ट, सुजाता लामिछाने, ढुण्डीराज कोइराला, सुरेश गौतम लगायका कलाकारहरुको अभिनय रहेको छ ।
औठौं श्रृखलामा अतिथि कलाकारको रुपमा सामाजिक अभियन्ता अर्जुन भुषालको अभिनय समेत देख्न सकिन्छ ।
नवलपुरको ढोडेनी गाउँको भुजेल गाउँकै सेरोफेरोमा सबै जसो श्रृखलाको छायांकन गरिएको छ । सामाजिक परिवेशलाई मुख्य विषय बनाएर कथा लेख्ने लेखिएको कथालाई पर्दामा उतार्ने काम जारी छ । श्रृखलालाई शिव सुनारले छायांकन गरिरहेका छन भने सम्पादन निर्देशक स्वयम कंडेल आफैले गर्दै आएका छन् ।
आश्विनी कंडेल र शिव भुषालले निर्माण गरेको यो श्रृखलाको पोष्टप्रोडक्सन भने अमुक स्टुडियोमा हुँदै आएको छ ।
–00–


