काठमाडौं,२७ असार। काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ११ करोड ३४ लाख रुपैयाँको बजेट ल्याउने तयारी गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृतसँग विच्किएका मेयर बालेन शाह बजेट ल्याउने विषयमा सकारात्मक देखिएपछि आज विहान बैठक बसेर बजे ल्याउने विषयमा छलफल भएको हो । आज बसेको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठकले अनुमानित आय र खर्चको आधारमा बजेटको सीमा निर्धारण गरेको हो ।


