आज २९ औं अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस चितवन सहित देशैभर विभिन्न कार्यक्रमगरी मनाईदै

चितवन, २४ साउन। आज अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस चितवन सहित देशैभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

‘इन्डिजिनियस युथ एज अगेन्सट् अफ चेन्ज फर सेल्फ डिटरमिनेसन’ नाराका साथ यस वर्ष देशभरि विभिन्न कार्यक्रम गरी २९ औं विश्व आदिवासी दिवस मनाउन लागिएको हो । नाराको अर्थ आफूले निर्धारण गरेअनुरुपको परविर्तनको संवाहक आदिवासी युवाहरू भन्ने हुन्छ । आदिवासी युवाको सक्रियता र सशक्तीकरणमा यस वर्ष विशेष जोड दिइएको नेपाल आदिवासी जनजाति महासङ्घले जनाएको छ ।

दिवसका अवसरमा आदिवासी जनजाति महासंघ चितवनले आज भरतपुर वडा नं. ११ स्थ्ति आफ्नै सामुदायिक भवनमा विशेष कार्यक्रमको आयोजना गर्दै छ । विभिन्न जातिय संगठनहरुको उपस्थ्तिी रहने कार्यक्रममा पहिचान र अधिकारका लागि गरिएको संघर्षको उपलव्धीसँगै परम्परागत ज्ञान सिपको प्रर्वद्धनमा खेल्नुपर्ने भूमिकाको विषयमा चर्चागरिनेछ । त्यसैगरी आदिवासी जनजाति महासङ्घले दिउँसो नेपाल प्रज्ञा–प्रतिष्ठानमा पनि आयोजना आयोजना गरेको छ ।

सन् १९९४ डिसेम्बर २३ को संयुक्त राष्ट्रसङ्घको साधारणसभाले अगस्त ९ तारिखलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसका रूपमा मनाउने अवधारणा अगाडि बढाएको हो । संयुक्त राष्ट्रसङ्घले यसअघि नै सन् १९९४ देखि सन् २००४ सम्म आदिवासी दशकका रुपमा ‘कर्म र मर्यादाका लागि दशक’ नाराका साथ आह्वान गरेको थियो ।

उक्त दिवसका लागि संयुक्त राष्ट्रसङ्घको लोगोलाई बङ्गलादेशका कलाकार रिबन देवानले तयार पारेका हुन् । सो लोगोमा हरियो पातका दुई कानजस्तो आकृतिले पृथ्वीलाई दुईपट्टिबाट घेरेको देखिन्छ । सोही सन्दर्भ पारेर नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)ले पनि काठमाडौंमा कार्यक्रमको आयोजना गरेको छ ।–00–

Share:

सम्बन्धित समाचारहरु