झापाको बिर्तामोडमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

झापा, १९ असार । झापाको बिर्तामोडमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।

बिर्तामोड नगरपालिका–७ निवासी ५९ वर्षीय लोकप्रसाद लिम्बूको बिहीबार बिहान हात्तीको आक्रमणबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले पुष्टि गरेको छ। बिहान करिब ३ बजे शौचालय जाँदै गर्दा लिम्बूलाई जंगली हात्तीले आक्रमण गरेको थियो।

यसअघि असार ६ गते मेचीनगरमा समेत जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको थियो। प्रत्येक वर्ष झापामा हात्ती आक्रमणका घटनाहरू दोहोरिइरहेका छन्। चालु आर्थिक वर्षको अवधिमा मात्रै जंगली हात्तीको आक्रमणबाट ६ जनाले ज्यान गुमाइसकेका छन्।

जंगली हात्तीको बढ्दो आतंक नियन्त्रण गर्न स्थानीयवासीले पटक–पटक सम्बन्धित निकायलाई आग्रह गर्दै आएका छन्। तर, समस्या समाधानका लागि हालसम्म कुनै प्रभावकारी कदम चालिएको देखिएको छैन भन्ने उनीहरूको गुनासो छ।

सांकेतिक चित्र

Share:

सम्बन्धित समाचारहरु