कालिकामा अखिल किसान महासंघको बाजागाजा सहितको धान रोपाई कार्यक्रममा

चितवन, १५ असार । नेपाल कृषि प्रधान देश हो । नेपालमा कृषिको सम्भावना राम्रो भएर पनि धान उत्पादनमा आत्मनिर्भर बन्न सकेको छैन । कृषिमा यान्त्रिकरणको प्रयोगगर्दै खेतीयोग्य जमिनलाई उर्वरभूमी बनाउन र खेतीबालीमा युवाक्षेत्रलाई प्रोत्साहनगर्न नेपालमा असार १५ लाख धान दिवसको रुपमा मनाउन लागिएको २२ वर्ष भयो । यसै अन्तर्गत आज असार १५ गते अर्थात धान दिवस ।

चितवनको कालिका नगरपालिको वडा नंं ३ मा नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघले धान रोपाई कार्यक्रमगरी मनाएको छ ।

पन्चे बाजा सहित धान रोपाइँ कार्यक्रममा चितवनका नेता, कार्यकर्ताहरु सहभागी भए । कार्यक्रममा नेकपा एमालेको अनुशासन विभाग प्रमुख शम्भु सुवेदी प्रमुख अतिथिको रुपमा सहभागी भए । यस्तै नेकपा एमालेका केन्द्रीय सदस्य एवम चितवन क्षेत्र नंं २ का इन्चार्ज, सविधान सभा सदस्य कृष्णभक्त पोख्रेल, कालिका नगरपालिका प्रमुख विनोद रेग्मी, उपप्रमुख विमला तामाङ, इच्छाकामना गाउँपलिका अध्यक्ष दानवहादुर गुरुङ, नेकपा एमाले जिल्ला अध्यक्ष कमल पाठक, कालिका नगरपालिकाका पूर्व मेयर खुमनारायण श्रेष्ठ, जिल्ला समन्वय समितिका अध्यक्ष नारायण अधिकारी लगायतका नेता कार्यकर्ताहरु सहभागी भए ।

अखिल नेपाल किसान महासंघका जिल्ला अध्यक्ष सीपी अधिकारीको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रमले खेतीयोगय जमिनमा कृषिको उपज लगाउँ भन्ने सन्देश दिन खोजिएको जिल्ला अध्यक्ष कमल पाठकले जानकारी दिए । धानहुने भूमीमा धान लगाउने, धान उत्पादन नहुने ठाउँमा फलफुल तरकारी वा अन्य के उत्पादन हुन्छ त्यसको पहिचान गरेर खेतीपातीलाई समय दिएर देशलाई कृषिमा आत्मनिर्भर बनाउने अभियानमा लाग्नुपर्ने बेला भएको उनले बताए ।

मल, विउ, सिँचाई लगायत आवश्यक पूर्वाधार निर्माणमा सरकारलाई लगानीगर्न दवाव दिउँ उनले भने बरु यो कुरा म आफैपनि माग गर्नका लागि दवाव दिन जान्छु तर उत्पादनको विषयमा सबै लाग्नुपर्नेमा जोड दिए ।

रेमिट्यान्ससँगै खेतीपातीमा हामी सबै सक्रियहुने हो भने कृर्षिमा हामी सबै आत्मनिर्भर हुन धेरै समय नलाग्ने उनको भनाई छ ।

भिडियो हेर्न यो लिंक थिच्नुहोला ।

https://fb.watch/AwOfzy1zCD/

 

 

–00—

Share:

सम्बन्धित समाचारहरु