सानेपास्थित केन्द्रीय कार्यालय विस्तार गर्न कांग्रेसले १९ आना जग्गा खरिद गर्ने

काठमाडौं,, १३ असार ।  नेपाली कांग्रेसले ललितपुर सानेपास्थित आफ्नो केन्द्रीय कार्यालयसँगै जोडिएको १९ आना जग्गा खरिद गर्ने भएको छ। कार्यालय परिसरलाई थप फराकिलो र व्यवस्थित बनाउनका लागि उक्त जग्गा खरिद गर्न लागिएको हो।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार केन्द्रीय कार्यालयको अगाडिपट्टी रहेको १९ आना (एक रोपनी तीन आना तीन पैसा) क्षेत्रफलको जग्गा र सोही जग्गामा रहेको तीनतले घर खरिद गर्ने निर्णय भएको हो। ललितपुर निवासी अमिरमान अमात्यको नाममा रहेको सो जग्गा र घर खरिदका लागि २०८२ असार ११ गते नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र कोषाध्यक्ष उमेश श्रेष्ठको उपस्थितिमा ५० लाख रुपैयाँ बैनासहित एक वर्षभित्र पास गर्ने सर्तमा सम्झौता गरिएको हो।

कांग्रेसले उक्त जग्गा १३ करोड रुपैयाँमा खरिद गर्न लागेको जनाएको छ। पार्टीले उक्त रकम पार्टीको विभिन्न तहबाट उठाइने लेवी तथा शुभेच्छुकहरूबाट संकलित सहयोगमार्फत चुक्ता गर्ने जनाएको छ।

Share:

सम्बन्धित समाचारहरु