महासचिव पोखरेल नेतृत्वको टोली चीन जाँदै

प्रधानमन्त्रीको भ्रमणअघि एमाले उच्चस्तरीय टोलीलाई चिनियाँ कम्युनिस्ट पार्टीको निम्तो

काठमाडौं, १२ भदौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को निमन्त्रणमा नेकपा एमालेको उच्चस्तरीय प्रतिनिधि मण्डल चीन भ्रमणमा जाने भएको छ।

एमाले महासचिव शंकर पोखरेल नेतत्वको टोली अर्को साता गोञ्जाउ हुँदै चीनको राजधानी बेइजिङ जाने भएको हो। लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनिसकेका महासचिव पोखरेल नेतृत्वको एमालेको प्रतिनिधि मण्डल झण्डै दुई साता चीन बस्नेछ। स्रोतका अनुसार एमाले नेताहरू आइतबार बेइजिङ प्रस्थान गर्नेछन्।

महासचिव पोखरेल नेतृत्वको टोलीले चिनियाँ कम्युनिस्ट पार्टीका उच्च नेताहरूसँग छलफल गर्ने एमालेका एक नेताले बताए। चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागले एमाले प्रतिनिधि मण्डललाई चीन भ्रमणको निम्तो दिएको हो। ुचिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा महासचिव नेतृत्वको उच्चस्तरीय टोली चीन जाँदैछ, एमालेका ती नेताले भने।

प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणको तयारी भइरहेका बेला चिनियाँ कम्युनिष्ट पार्टीले एमालेको उच्च तहको प्रतिनिधि मण्डललाई समेत चीन भ्रमणमा बोलाएको हो। गत जेठ ५ गते नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटा नेतृत्वको टोलीले समेत चीन भ्रमण गरेको थियो ।

साउन २५ गते माओवादी केन्द्रका महासचिव देव गुरुङ चीन गएका थिए। प्रधानमन्त्री दाहालको चीन भ्रमणको तयारीका लागि गुरुङ चीन पुगेर फर्किसकेका छन्। गत साउन ३१ गते चिनियाँ जनमुक्ति सेनाको उच्च टोलीसमेत काठमाडौं आएको थियो। त्यसअघि साउन ७ गते सत्तारुढ दल नेकपा माओवादी केन्द्रको निमन्त्रणामा चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटव्युरो सदस्य एवं चोङ्गिङ नगरका पार्टी सचिवसमेत रहेका युयान च्याच्युन नेतृत्वको २६ सदस्यीय टोली नेपाल आएको थियो।–00–

Share:

सम्बन्धित समाचारहरु