कालिका नगरपालिकाद्वारा रेबिज नियन्त्रणका लागि भोलीदेखि निःशुल्क बन्ध्याकरण अभियान सुरुहुँदै

चितवन। कालिका नगरपालिकाले रेबिज रोग नियन्त्रणका लागि सामुदायिक कुकुर तथा बिरालोको निःशुल्क बन्ध्याकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ। नगर कार्यपालिकाको कार्यालयले सूचना जारी गर्दै आर्थिक वर्ष २०८२ ०८३ को स्वीकृत कार्यक्रमअनुसार उक्त अभियान सञ्चालन गर्न लागिएको जनाएको हो।

सूचना अनुसार कार्यक्रम चैत्र महिना १२ गतेदेखि (विहीवार)यो अभियान सुरु गर्न लागिएको नगरपालिकाले जनाएको छ । बन्ध्याकरण कार्यक्रम पदमपुर पशु सेवा उपभोक्ता समितिको कार्यालय, कालिका–४ मा सञ्चालन गरिने पशु चिकित्सक डा. राजु प्रसाद न्यौपाने जानकारी दिए ।

नगरपालिकाले सामुदायिक कुकुर तथा बिरालोको व्यवस्थापनमार्फत रेबिज नियन्त्रण गर्ने उद्देश्यले यो कार्यक्रम ल्याएको जनाएको छ। साथै, कुकुर तथा बिरालो छोप्न सहयोग गर्न स्थानीयवासीलाई अनुरोध गरिएको छ।

उक्त कार्यक्रमका लागि आवश्यक प्राविधिक टोलीलाई सहजीकरण गरिदिन पनि नगरपालिकाले आग्रह गरेको छ।

Share:

सम्बन्धित समाचारहरु