रेशमलाल चौधरी संरक्षक रहेको ‘नागरिक उन्मुक्ति पार्टी, नेपाल’ निर्वाचन आयोगमा दर्ता

काठमाडौं । रेशमलाल चौधरी संरक्षक रहेको नयाँ राजनीतिक दल ‘नागरिक उन्मुक्ति पार्टी, नेपाल’ निर्वाचन आयोगमा औपचारिक रूपमा दर्ता भएको छ। आयोगले बुधबार पार्टी दर्ताको प्रमाणपत्र प्रदान गरेको हो।

पार्टीका अध्यक्षमा २७ वर्षीय कबिर सोव रहेका छन्। पार्टी दर्ता प्रमाणपत्र प्राप्त गरेसँगै रेशमलाल चौधरीले नागरिक उन्मुक्ति पार्टीको गठनका प्रारम्भिक दिनहरूको सम्झना गरेका छन्।

श्रीमती एवं नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठसँग उत्पन्न विवादपछि चौधरीले छुट्टै राजनीतिक संगठन गठन गरेका हुन्। संरक्षक चौधरीका अनुसार, नयाँ पार्टीको उद्देश्य प्रत्येक नागरिकलाई राज्य सञ्चालनमा समान सहभागी बनाउने र नेपालमा छुट्टै खालको राजनीतिक आधार स्थापित गर्ने रहेको छ।–00–

Share:

सम्बन्धित समाचारहरु