अत्याधिक गर्मीबढेपछि भरतपुरका सबै विद्यालय ३ दिन बन्द गर्ने निर्णय

चितवन, २७ जेठ । भरतपुर महानगरपालिकाले अत्यधिक गर्मीका कारण विद्यालयहरू तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ। अत्यधिक गर्मीका कारण बालबालिकाहरूको विद्यालय आवागमन र पठनपाठनमा समस्या देखिएपछि स्थानीय जनप्रतिनिधि, अभिभावक तथा विद्यालयका सुझाव अनुसार महानगरपालिकाले  जेठ २८ गतेदेखि  ३० गते (शुक्रवार) सम्म विद्यालयहरू बन्द गर्ने निर्णय गरेको हो।

वार्षिक शैक्षिक क्यालेन्डर २०८२ मा उल्लेखित महानगरको व्यवस्था अनुसार प्रतिकूल मौसमको अवस्थालाई हेरी विद्यालय बन्द गर्ने यस निर्णयले बालबालिकालाई गर्मीबाट सुरक्षा प्रदान गर्ने उद्देश्य राखिएको छ।

यसैबीच, अभिभावकहरूलाई आफ्ना बालबालिकालाई दिउँसो घाममा हिँडडुल नगर्न र नदी तथा पोखरीहरूमा पौडी खेल्ने, माछा मार्ने जस्ता जोखिमपूर्ण गतिविधिमा संलग्न हुन नदिन आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ। साथै विद्यालयहरूलाई पनि विद्यार्थीहरूलाई यथोचित निर्देशन दिन कार्यालयले अनुरोध गरेको छ।

Share:

सम्बन्धित समाचारहरु