सुनसरीमा खोलाको बगरमा गाडिएको ११२० किलो गाँजा बरामद

विराटनगर,२१ जेठ । सुनसरीमा प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। भारत तस्करीका लागि लुकाएर राखिएको अवस्थामा कटान खोलाको बगरमा गाडिएको ११२० किलो गाँजा फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार मंगलबार सुनसरीको हरिनगरा गाउँपालिका–५ र ६ को सिमानामा पर्ने कटान खोलाको बगरमा ३८ बोरा गाँजा गाडिएको अवस्थामा भेटिएको हो।

डिएसपी योगराज खतिवडाका अनुसार गाँजा भारत तर्फ तस्करी गर्ने उद्देश्यले तस्कर समूहले खोलाको बगरमा गाडेर राखेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। गाँजा फेला परेको स्थान भारतीय सीमावर्ती क्षेत्रको नजिकै पर्ने भएकाले प्रहरीले यसलाई गम्भीरताका साथ अनुसन्धान गरिरहेको जनाएको छ।

प्रहरीका अनुसार हालसम्म घटनामा संलग्न कसैको पहिचान भइसकेको छैन भने थप अनुसन्धान जारी छ।

Share:

सम्बन्धित समाचारहरु