काठमाडौं, २० जेठ। नेपाली बजारमा मंगलबार सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज तोलामा २ हजार ९०० रुपैयाँले बढेको छ।
महासंघले आज छापावाल सुनको मूल्य तोलाको १ लाख ९२ हजार ७०० रुपैयाँ कायम गरेको छ। सोमबार (जेठ १९ गते) सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँ रहेको थियो। त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँले वृद्धि भई आजको मूल्य २ हजार ४५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ९९० रुपैयाँमा कारोबार भएको थियो।
महासंघले अन्तर्राष्ट्रिय बजार मूल्य तथा भन्सार लगायतका तत्वहरूको आधारमा दैनिक सुनचाँदीको मूल्य तोक्ने गर्छ।


