विद्युत् करेन्ट लाग्दा झापामा जंगली हात्तीको मृत्यु

झापा, २० जेठ। झापाको कमल गाउँपालिका–३, रतुवामाई जंगलमा विद्युत् प्रवाह चुहावट (करेन्ट) का कारण जंगली हात्तीको मृत्यु भएको छ।

डिभिजन वन कार्यालयका वन अधिकृत जीवन पाठकका अनुसार, गए राति (जेठ १९ गते) जंगली हात्तीले विद्युत् पोलमा धक्का दिएको थियो। त्यस क्रममा पोलमा जोडिएको विद्युत् तार खस्दा करेन्ट लागेर हात्तीको घटनास्थलमै मृत्यु भएको हो।

वन अधिकृत पाठकका अनुसार हात्तीको सुँड र एउटा दाँत करेन्ट लागेर जलेको अवस्थामा भेटिएको छ। घटनापछि डिभिजन वन कार्यालयबाट प्राविधिक टोलीलाई घटनास्थलमा खटाइएको उनले जानकारी दिए।

घटनाबारे थप अनुसन्धान भइरहेको डिभिजन वन कार्यालयले जनाएको छ।

फाइल तस्विर 

Share:

सम्बन्धित समाचारहरु