बजेट विनियोजनको माग गर्दै अपाङ्गता उत्थान समन्वय समितिले भरतपुर महानगरलाई ज्ञापनपत्र बुझायो

चितवन,१२ जेठ । चितवन जिल्लाभरि रहेका अपाङ्गता संघसंस्थाहरूको साझा सञ्जाल अपाङ्गता उत्थान समन्वय समिति चितवनले भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाललाई ज्ञापनपत्र बुझाएको छ।

समितिका संयोजक सञ्जय अर्यालको नेतृत्वमा महानगर पुगेको टोलीले नगर प्रमुख दाहाललाई ज्ञापनपत्र बुझाइएको हो। सो समितिले शारीरिक, दृष्टि, बहिरा, बौद्धिक, श्रवण, दृष्टिविहीन, अटिजम, स्वर बोलाई, हेमोफिलिया, मनोसामाजिक तथा बहुअपाङ्गता भएका व्यक्तिहरूको सवालमा लामो समयदेखि सक्रिय रूपमा काम गर्दै आइरहेको छ।

समितिले सञ्चालन गर्न लागेको विभिन्न गतिविधिहरूका लागि आर्थिक वर्ष २०८२/८३ मा आवश्यक बजेट विनियोजन गर्दिनुपर्ने माग ज्ञापन पत्रमा लेखेका छन् ।

भरतपुर महानगरपालिकाक्षेत्रमा संचालनहुँदै आएको समावेशी शिक्षाा परियोजना समाप्तिको संघारमा पुगेको छ। परियोजना अन्तर्गत तीन वर्षदेखि सञ्चालन हुँदै आएको घरमा आधारित शिक्षा कार्यक्रमबाट लाभान्वित भएका ९२ जना बालबालिकाहरूको शिक्षामा निरन्तरता सुनिश्चित गर्न महानगरपालिकाको नीति तथा कार्यक्रम २०८२/८३ मा समावेशगर्नुपर्ने समितिले माग गरेको छ ।

समितिले बुझाएको ज्ञापन पत्रमा “सबैका लागि शिक्षा” भन्ने नारा व्यवहारमा पनि कार्यान्वयन गर्नुपर्नेमा समितिले जोड दिएको छ।

—00–

Share:

सम्बन्धित समाचारहरु