पत्रकार रमेशकुमार पौडेलसिहत चारजनाले पाए राष्ट्रिय प्रकृति संरक्षण पुरस्कार

चितवन,२१ माघ । चितवनका पत्रकार रमेशकुमार पौडेलसिहत चारजनाले शनिबार कैलालीमा राष्ट्रिय प्रकृति संरक्षण पुरस्कार पाएका छन् । कैलाली घोडाघोडी नगरपालिका(४, माघी गाउँमा आयोजित १० ओं नेपाल लाटोकोसेरो तथा हुचील उत्सवको समापनमा उनीहरूलाई जनही २५ हजार रूपैयाँ नगद राशीसहित दोसल्ला र ताम्रपत्रले सम्मानित गरिएको छ ।

 

सम्मानित हुनेमा भारतीय नागरिक प्राध्यापक डाक्टर सतीश अ पाण्डे पनि छन् । भारत पुणेका पाण्डे पेशाले रेडियोलोजिष्ट हुन् । तर ३० वर्षदेखि लाटोकोसेरोको संरक्षण, अनुशन्धान र घाइते लाटोकोसेरोको उद्धारमा पनि संलग्न छन् । उनले हप्सिलो प्रजनन् तथा खानपानका बारेमा पिएचडीसमेत गरेका छन् ।

पेशाले भेटनरीका शाखा अधिकृत गोविन्दबहादुर सिंह पनि पुरस्कृत भएका छन् । जाजरकोट बारेकोट गाउँपालिका९५ तोल्खानाका सिंह हप्सिलो, मलाहा हुचिलका गुँडहरू पत्ता लगाएर अनुगमन गर्ने, चराका तस्बिर खिच्ने, लगायतका संरक्षणमुखी अनुशन्धान र अभियानमा सक्रिय छन् । खेतबारीका चराका बानी बेहोराका बारेमा पिएचडी गरेका हेमबहादुर कटुवाल पनि पुरस्कृत भएका छन् । उनले बगेडी चराका संकट बारे प्रकाश पारेका छन् ।

चितवनबाट कान्तिपुर दैनिकमा कार्यरत पत्रकार पौडेलले पत्रकारिता सुरू गरेको २२ वर्षको अवधिमा चरा, वन्यजीव र वातावरण संरक्षणका विषयमा लगातार जस्तो लेख्दै आएका छन् । प्रकृतिका साथीहरू नामक संस्थाले सन् २०१२ देखि देशमा विभिन्न स्थानमा लाटोकोसेरो तथा हुचील महोत्सव गर्दै आएको छ । यो पटक काठमाडौं कीर्तिपुरको क्रियटीभ एकेडेमीलाई पनि संस्थागत सम्मान गरिएको छ । नेपालमा तराइदेखि हिमालसम्म २३ प्रजातिका लाटोकोसेरो र हुचील पाइने विश्व लाटोकोसेरो कोष बेलायतका नेपाल प्रतिनिधि राजु आचार्यले बताए । बासस्थान विनास र चोरी सिकारी, अन्धविश्वासमा परेर लाटोकोसेरो मार्ने क्रम बढेका कारण जनचेतना जगाउन उत्सव गर्न लागेको आचार्यले बताए ।–00–

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु