सौराहामा रक्तदान र आँखा परीक्षण शिविर

सौराहा, असार १६

चितवनको पर्यटकीय नगरी सौराहामा बिहीबार रक्तदान तथा आँखा परीक्षण शिविर आयोजना गरिएको छ । ग्रिन सोसाइटी नेपाल, ग्रिन सोसाइटी पब्लिक स्कुल तथा भरतपुर आँखा अस्पतालको सयुक्त आयोजना भएको कार्यक्रममा ३१ युनिट रगत संकलन भएको छ ।

कार्यक्रममा ४ जना महिला सहित ३१ जनाले रक्तदान गरेका थिए। यसैगरी आँखा शिविरमा २८९ जनाको आँखाको परीक्षण गरिएकोमा १८ जनामा मोतियाविन्दुको समस्या देखापरेकोले निशुल्क शल्यक्रियाको लागि भरतपुर आँखा अस्पताल पठाइएको ग्रिन सोसाइटी पब्लिक स्कुलका प्राचार्य शिरलाल परियारले जानकारी दिए ।

रक्तदान र आँखा शिविरको बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठले उद्घाटन गरेका थिए । कार्यक्रममा ग्रिन सोसाइटी नेपालका संस्थापक शेरबहादुर परियारले हात्तीको गोबरबाट कागज बनाउने कामबाट सुरु भएको ग्रिन सोसाइटी नेपालले अहिले स्वास्थ्य, शिक्षा र गरिबी निवारणको क्षेत्रमा काम गरिरहेको बताए ।

ग्रिन सोसाइटी नेपालका अध्यक्ष गिरिधारी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा सौराहा सामुदायिक पुस्तकालयका अध्यक्ष ज्ञानेन्द्रकुमार विष्ट, वडा नं ७ का वडाध्यक्ष सजना महतो, वडा नं ६ की कार्यबहाक वडाध्यक्ष बबिता चौधरी, नेपाली कांग्रेसका क्षेत्रीय सभापति किरणभूषण सिंह ओली, समाजसेवी बाबुराम पुरी, रिड नेपालका सल्लाहाकार बासुदेब ढुंगाना, समाजसेवी माधव अर्याल लगायतको सहभागिता रहेको थियो ।

रत्ननगर वडा नं ६, ७, सौराहा सामुदायिक पुस्तकालय, लायन्स क्लव अफ चितवन सौराहा, लियो क्लव अफ चितवन सौराहा, लायन्स क्लव अफ चितवन ढाकाटोपी, लायन्स क्लव अफ कम्युनिटी हेल्पको सहआयोजनामा कार्यक्रम गरिएको थियो।

Share:

सम्बन्धित समाचारहरु