बैतडी केन्द्रविन्दु भएर ५.१ रेक्टर स्केलको भूकम्प गयो

बैतडी,९ जेठ । सुदूरपश्चिमको बैतडी सदरमुकाम खलङ्गा केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। सुर्खेतस्थित भूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमल्सिनाका अनुसार बिहान १:४८ बजे ५.१ रेक्टर स्केलको भूकम्प गएको थियो भने त्यसको केही समयपछि, २:०० बजे तीन दशमलव सात रेक्टर स्केलको अर्को भूकम्पीय धक्का गएको हो।

लगातार दुई पटक भूकम्पको धक्का महसुस भएपछि स्थानीयवासीहरू घर बाहिर निस्किएका थिए। रातको समयमा भूकम्पको झट्का महसुस गर्दा त्रास बढेको बताइएको छ। भूकम्पको प्रभाव बैतडीसँगै दार्चुला, बझाङ र डडेल्धुरा जिल्लामा समेत महसुस गरिएको थियो। यद्यपि, हालसम्म भूकम्पबाट भएको क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको केन्द्रका प्रमुख तिमल्सिनाले जानकारी दिएका छन्।

भूकम्पको थप विवरण र संभावित क्षतिको मूल्याङ्कनका लागि सम्बन्धित निकायहरूले आवश्यक अध्ययन गरिरहेका छन्।

Share:

सम्बन्धित समाचारहरु