बालेन्द्रको ‘माया’ स्टाटसलाई हर्क साम्पाङको जवाफ : “लुकेर गेम खेल्दै स्टाटस लेख्नु सजिलो”

काठमाडौं । धरान उपमहानगरका मेयर हर्क साम्पाङले काठमाडौं महानगरका मेयर बालेन्द्र साहलाई जवाफ फर्काएका छन्।

बालेन्द्रले केही दिनअघि ‘डियर हर्क साम्पाङ’ सम्बोधन गर्दै सामाजिक सञ्जालमा लेखेका थिए, “तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन। एकतर्फी नै सही, तर मेरो माया साँचो हो।” त्यसको जवाफमा हर्कले लुकेर स्टाटस लेख्ने सजिलो हुने टिप्पणी गरेका छन्। उनले लेखेका छन्, “लुकेर गेम खेल्दै स्टाटस लेख्नु सजिलो छ! देशले के कति गुमायो त्यो थाहा छ? देश रोएको बेला ऊ हाँस्दै बसेको छ।”

पछिल्ला दिनमा हर्क लगातार बालेन्द्रलाई लक्षित गर्दै स्टाटस लेखिरहेका छन्। हर्कको बुझाइमा, आफूलाई प्रधानमन्त्री बन्न सहयोग नगरेको कारण बालेन्द्रप्रति आक्रोश देखाएका हुन्। हर्क साम्पाङ केही समयअघि प्रधानमन्त्री बन्ने अभियानसहित काठमाडौं आएका थिए। तर प्रधानमन्त्री बन्न नसकेपछि अहिले उनी पुनः धरान फर्किएका छन्।

Share:

सम्बन्धित समाचारहरु