काठमाडौं,४ जेठ । नेकपा (एमाले)का सांसद भीम आचार्यले सामाजिक सुरक्षा भत्ताको उमेर हद ७० वर्ष बनाउनु पर्ने सुझाव दिएका छन् ।
आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद आचार्यले सरकारले आउँदो आर्थिक वर्षको बजेट तयार गर्दा यो विषयमा ध्यान दिन आग्रह गरे । “सामाजिक सुरक्षा भत्ताको उमेर ७० वर्ष बनाउने, दोहोरो सुविधा बन्द गर्ने, त्यसलाई क्रमशः योगदानमा आधारित बनाउँदै जाने,” उनले भने ।
त्यसैगरी, उनले कर्मचारीको अवकाश उमेर ६२ वर्ष बनाउनु पर्ने प्रस्ताव समेत राखे । सांसद आचार्यले घरेलु मदिराको प्रवर्द्धन र ब्रान्डिङ गर्नुपर्नेमा जोड दिए । विदेशी मदिरामा ५० प्रतिशत कर वृद्धि गर्नुपर्ने सुझाव पनि दिए ।
औषधिजन्य प्रयोजनका लागि गाँजाखेती खुला र प्रोत्साहन गर्नुपर्ने धारणा समेत सांसद आचार्यले राखेका छन् ।


