मेघौली, असार २
भरतपुर महानगरपालिका–२७ मेघौलीस्थित राधाकृष्ण सामुदायिक वनमा निउरो टिप्न गएकी २३ वर्षीया रेखा बस्नेतलाई खाने बाघ नियन्त्रणमा आएको छ ।
दस वर्षको बयस्क भाले नरभक्षी बाघलाई साँझ साढे ६ बजे डार्ट गरी नियन्त्रणमा लिइएको सो बाघलाई कसरा लगिने चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए । योसँगै निकुन्जको इन्क्लोजरमा चारवटा नरभक्षी बाघ हुने छन् । उनले भने ‘यसअघि बेलशहर मध्यवर्ती सामुदायिक वन, बर्दिया राष्ट्रिय निकुञ्ज, राप्ती नगरपालिका चितवन र यस बाघ निकुञ्जको नियन्त्रणमा रहने छन् ।
बाघ नियन्त्रणको लागि चितवन राष्ट्रिय निकुञ्जको टोली, नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु चिकित्सक तथा कर्मचारी हात्ती चढेर गएका थिए । झन्डै तीन घन्टाको प्रयासमा बाघ नियन्त्रणमा आएको हो ।