व्यवसायिक मौरीपालनगर्ने किसानलाई कालिका नगरपालिकाले दियो आवश्यक सामाग्री

कालिका, २ जेठ । व्यवसायिक मौरीपालनलाई प्रर्वद्धनगर्ने उद्देश्यले कालिका नगरपालिकाले मौरीपालक किसानहरुलाई विभिन्न सामग्री वितरण गरेको छ । नयाँ मौरी पकेट विकास कार्यक्रमका लागि प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना मार्फत आर्थिक वर्ष २०८१/०८२ मा सञ्चालित नयाँ मौरी पकेट विकास कार्यक्रमका लागि २४ लाख रुपैयाँ बराबरको मौरी उपकरण वितरण गरिएको छ।

 

यसमा व्यवसायि सँग ५०/५० प्रतिशत साझेदारीहुनेछ ।

कालिका व्यवसायिक मौरी कृषक समूह, कालिका ६ ले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा विभिन्न सामग्री वितरण गरेको हो । प्रधानमन्त्री कृषि आधुनिकिकरण परीयोजना अन्तर्गत २०८१ /०८२ मा नयाँ मौरी पकेट विकास कार्यक्रमका लागि विभिन् उपकरणहरु वितरण गरिएको हो । यसलाई साझेदारीमा मौरी उपकरण भनिएको छ ।

कालिका व्यवसायिक मौरी कृषक समहुका अध्यक्ष नारायण पौडेलको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा नगर प्रमुख विनोद रेग्मी प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा नगर उपप्रमुख विमला तामाङ, प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाई, वडा नं. ६ का वडा अध्यक्ष टिकाराम रेग्मी, कृषि शाखा प्रमुख लक्ष्मण पौख्रेल, कृषि अधिकृत निर्जला अधिकारी लगायतका अतिथिहरु सहभागि हुनुभएको थियो ।

वितरण गरिएको सामग्री र त्यसको मूल्य यस्तो छ ।

 

 

 

–00—

Share:

सम्बन्धित समाचारहरु