नागढुंगा–पिपलामोड सडक १० दिनका लागि आंशिक बन्द, वैकल्पिक मार्ग खुला

काठमाडौं, २२ वैशाख । नागढुंगा–नौविसे सडकखण्डअन्तर्गत नागढुंगा–पिपलामोड सडक आज वैशाख २२ गतेदेखि ३१ गतेसम्म १० दिनका लागि दैनिक चार घण्टा आंशिक बन्द हुने भएको छ। नागढुंगा मुग्लिङ सडक योजना (पूर्वी खण्ड) का अनुसार सडक मर्मतका लागि राति ११ बजेदेखि बिहान ३ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइनेछ।

सवारी साधन रोकिने स्थानहरू

  • काठमाडौंबाट नौबिसेतर्फ जाने हलुका तथा भारी सवारी साधन नागढुंगा चेकपोस्टमा रोकिनेछन्।

  • नौविसेबाट काठमाडौं आउने सवारी साधन खत्रीपौवा पुलमा रोकिनेछन्।

तर, बिरामी बोकेको एम्बुलेन्स, प्रहरी तथा दमकलका सवारीसाधन भने आउजाउ गर्न पाउनेछन्।

वैकल्पिक मार्गको व्यवस्था
यात्रीहरुलाई समस्या नहोस् भन्नका लागि साना तथा मझौला सवारी साधनका लागि वैकल्पिक मार्ग व्यवस्था गरिएको छ।
वैकल्पिक मार्गहरू यस्ता छन्ः
१. सितापाइला–भीमढुंगा–रामकोट–धार्के सडकमार्ग
२. सामाखुसी–टोखा–गुर्जेभञ्ज्याङ–छहरे–त्रिशूली (बेत्रावती)–गल्छी सडकमार्ग

रोकिएका सवारी साधनहरूलाई बिहान ३ बजेपछि मात्रै गन्तव्यतर्फ जान दिइने योजना जनाएको छ।

—00–

Share:

सम्बन्धित समाचारहरु