वैशाख ३१ गते नियमित खोप छुटेका पाँच वर्षमुनिका बालबालिकालाई खोप लगाइने

वैशाख १९, काठमाडौं – सरकारले नियमित खोप कार्यक्रमअन्तर्गत छुट भएका पाँच वर्षमुनिका बालबालिकालाई आगामी वैशाख ३१ गते खोप लगाउने भएको छ।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार, उक्त दिन नौ प्रकारका नियमित खोपहरू प्रदान गरिनेछ। “विगतमा नियमित खोप छुटेकाहरूका लागि विशेष खोप कार्यक्रम सञ्चालन हुँदैछ,” गौतमले जानकारी दिए।

उक्त कार्यक्रममार्फत देशभरका स्वास्थ्य संस्थामार्फत छुट बालबालिकालाई खोप लगाइनेछ।–00–

Share:

सम्बन्धित समाचारहरु