एसईईमा ५२ प्रतिशत फेल हुँदा प्रधानमन्त्री ओलीको असन्तुष्टि: “युवाहरूको भविष्य कक्षा १० मै चट्”

वैशाख १९, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्षको एसईई परीक्षामा ५२ प्रतिशत विद्यार्थी फेल हुनु आपत्तिजनक रहेको भन्दै कडा असन्तुष्टि व्यक्त गरेका छन्।

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले “देशका होनहार प्रतिभावान युवाहरूको भविष्य कक्षा १० मै समाप्त पारियो,” भन्दै नतिजाप्रति निराशा व्यक्त गरे।

उनले आन्दोलनमा सहभागी एक शिक्षकले सामाजिक सञ्जालमा आफूलाई गाली गरेको विषयसमेत उल्लेख गर्दै, “५२ प्रतिशत फेल हुनुलाई सामान्य ठानेर मजाक बनाउनु गम्भीर चिन्ताको विषय हो,” भने।

ओलीले आगामी वर्षको एसईई नतिजामा सुधार हुने अपेक्षा राख्दै, दुर्गम क्षेत्रका प्रतिभावान विद्यार्थीहरूलाई अवसर दिनुपर्ने र विषयगत क्षमतालाई ध्यान दिनुपर्ने आवश्यकता औँल्याए।–00–

Share:

सम्बन्धित समाचारहरु