चितवनमा अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

चितवन । पहिरोका कारण अबरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड पुनः सञ्चालनमा आएको छ।

मंगलबार राति इच्छाकामना गाउँपालिका–४ घोप्टेभिर, वडा नं ५ तुइनखोला र वडा नं ६ नाम्सीखोलामा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक गायत्री शर्माका अनुसार बुधबार बिहान ९ः१० बजेबाट सडक सञ्चालनमा आएको हो। बिहान ६ बजेदेखि तीनवटा एक्साभेटरको प्रयोग गरी पहिरो पन्छाउने काम सुरु गरिएको थियो।

सडक सञ्चालनमा आएसँगै रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन्। –00—

Share:

सम्बन्धित समाचारहरु