राष्ट्रपति पौडेल र अजरबैजानका उपविदेशमन्त्रीबीच शिष्टाचार भेट, सम्बन्ध विस्तारमा जोड

वैशाख १९, काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलसँग अजरबैजानका उपविदेशमन्त्री एलनुर मामेडोभले राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गरेका छन्।

भेटमा राष्ट्रपति पौडेलले दुई देशबीचको सम्बन्धमा नयाँ प्रगति भएकोमा खुसी व्यक्त गर्दै सहकार्यका क्षेत्रहरू पहिचान गरी संयुक्त रूपमा काम गर्नुपर्ने आवश्यकता औँल्याए। साथै, कोप–२९ मा आफ्नो सहभागिता स्मरण गराउँदै आगामी दिनमा सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरे।

उपविदेशमन्त्री मामेडोभले राष्ट्रपति पौडेलको अजरबैजान भ्रमणले दुई देशको सम्बन्धमा नयाँ आयाम थपेको भन्दै, विगत ३० वर्षमा कुनै समझदारीपत्रमा हस्ताक्षर नभए पनि अब चाँडै कुनै सम्झौतामा हस्ताक्षर हुने जानकारी दिएका छन्।–00–

Share:

सम्बन्धित समाचारहरु