कालिका, १८ चैत्र । नेकपा एमाले चितवनले वडा स्तरको अधिवेशनलाई तीब्र बनाएको छ । यसै अन्तर्गत कालिका वडा नं. ३ मा हरिप्रसाद अधिकारीको अध्यक्षतामा २३ सदस्य नयाँ कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा कुल वहादुर थिङ, सचिवमा नेत्रप्रसाद लामिछाने, उप–सचिवमा खिलप्रसाद शर्मा, उप–सचिवमै धनमाया प्रजा सर्वसहमत चयन भएका छन् ।
यस्तै अन्य सदस्यहरुमा विन्दा मोक्तान, सिता थापा, जमुना देवि शर्मा, सिता वि.क. , वीरमान दोङ, मान वहादुर थिङ, सिता वि.क, मानकुमार चौधरी , प्रदिप तामाङ ,केश माया चौधरी , मान कुमारी अधिकारी , चतुरमान तमाङ, प्रेम ठकुरी , हाजिरमान थोकर , सन्त कुमार थापा मगर, गणेशमान सिंतान, चुरिमाया थिङ , जित बहादुर मल्ल रहेका छन् ।
जिल्ला कमिटी सदस्य एवम कालिका नगर इन्चार्ज टिकाराज रिजाल संयोजक रहेको निर्वाचन कमिटीले नयाँ कमिटी चयन गरेको हो ।
अधिवेशनलाई संवोधन गर्दै नेकपा एमाले केन्द्रीय सदस्य एवम् वागमती प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले समाजवाद कार्यान्वयका लागि ८४ सालको निर्वाचनमा जनताले बहुमत दिनुपर्ने बताउनुभयो । समाजवाद लागु नभए सम्म धनि गरिबबीचको खाड्ल कायमनै रहने बताउँदै मन्त्री थपलियाले परिवर्तन र विकासका लागि नेकपा एमाले पार्टीको विकल्प नभएको तर्कगर्नुभयो । कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएको मन्त्री थपलियाले ८४ सालको निर्वाचनमा जनताले नेकपा एमालेपार्टीलाई थप बलियो र जिम्मेवारी दिनेमा आशावादी रहेको तर्कगर्नुभयो ।
अधिवेशनमा नेकपा एमालेका केन्द्रीय सदस्य प्रभाव बराल, प्रदेश कमिटी सदस्य खुमनारायण श्रेष्ठ, दिवप पाण्डे, जिल्ला उपाध्यक्ष कमलराज पाठक, जिल्ला कमिटी सदस्यहरु विनोद रेग्मी, टिकाराज रिजाल, विमला तमाङ, लक्ष्मण पौडेल, जिल्ला सल्लाहकार तुलसी प्रसाद शर्मा, प्रेमवहादुर दोङ, किसान महासंघका केन्द्रीय सदस्य दुर्गादत्त पौडेल, कालिका नगर अध्यक्ष केशव लामा लगायतका नेताहरुको उपस्थिति रहेको थियो । अधिवेशनको अवसरमा वडा भित्रका २७ जना अग्रजहरुलाई सम्मान गरिएको थियो । यस्एतै २०५४ सालमा नेकपा एमालेवाट निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरिएको प्रदेश कमिटी सदस्य दिवस पाण्डेले जानकारी दिनुभयो ।
यस अघि कालिका वडा नं. ७, वडा नं. ४, ५ मा अधिवेशन सम्पन्न भइसकेको छ ।










—00—

