काठमाण्डौं, २६ कात्तिक । चीनको स्वशासित क्षेत्र तिब्बतबाट नेपालले अनुदान सहयोग पाउने भएको छ।
आज नेपाल र चीनका प्रतिनीधिबीच अनुदानको विषयमा समझदारी भएको छ। १ अर्ब ८२ करोड ५० लाख रुपैयाँ अनुदान सहयोग पाउने गरी सम्झौता भएको अर्थमन्त्रालयले जनाएको छ।
सन् २०२४ देखि २०२८ सम्म अनुदान सहायता प्राप्त हुने गरी समझदारीपत्र हस्ताक्षर भएको छ।–00–