काठमाण्डौं, २७ असोज । भारतको सिक्कीममा बाढी आएपछि सम्पर्कविहीन रहेका इलामका ५ जना परिवारको सम्पर्कमा आएका छन्।
इलाम नगरपालिका(९ का सेनबहादुर कार्की, कुमार बस्नेत, नरमाया बस्नेत, खुशी कार्की र लाक्पा लामा परिवारको सम्पर्कमा आएका हुन्। उनीहरू असोज १६ गतेदेखि सम्पर्कविहीन थिए। सोही दिन सिक्कीममा भीषण बाढी पहिरो आएको थियो।
त्यसयता उनीहरूसँग सम्पर्क हुन नसकेपछि इलामका टीका कार्की र हिमा लामाले खोजी गरिदिन विभिन्न निकायलाई आग्रह गरेकी थिइन्। सेनबहादुर टीकाका श्रीमान् हुन् भने कुमार र नरमाया उनकी बहिनी ज्वाइँ। खुशी कुमार र नरमायाका छोरी हुन्। लाक्पा हिमाकी श्रीमान् हुन्।
उनीहरूले परिवारसँग सम्पर्क भएको इलामका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद कोइरालाले जानकारी दिए।
‘उहाँहरूको परिवारसँग कुराकानी भएको भन्ने जानकारी पाएका छौं, उहाँहरु चाँडै फर्कँदै हुनुहुन्छ,’ उनले भने।


