काठमाडौं, २८ वैशाख । सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिएपछि निर्णयार्थ प्रस्तुत भएका संशोधन प्रस्तावहरू अस्वीकृत भए। त्यसपछि सभामुख देवराज घिमिरेले ध्वनिमतका आधारमा नीति तथा कार्यक्रम पारित भएको घोषणा गरे।
राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। त्यसपछि वैशाख २२ गतेदेखि प्रतिनिधिसभामा यसको सैद्धान्तिक र विषयगत छलफल सुरु भएको थियो।
नीति तथा कार्यक्रममाथि सांसदहरूले ३७ वटा संशोधन प्रस्ताव दर्ता गरेका थिए, तर तीमध्ये कुनै पनि प्रस्ताव पारित भएनन्।–00–

