शंकास्पद पत्र पठाउने सर्वोच्च अदालतका शाखा अधिकृत पक्राउ

काठमाडौं, १७ वैशाख। नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको पक्राउका लागि शंकास्पद पत्र पठाउने सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह विष्ट पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार विष्टलाई आज पक्राउ गरी भद्रकालीस्थित परिसरमा राखिएको छ। उनले चौधरीको मुद्दा अझै विचाराधीन अवस्थामा रहँदा कानुनी प्रक्रिया नपुगी पत्र जारी गरेको आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको हो।

स्रोतका अनुसार विष्टले पठाएको पत्र वैधानिक प्रक्रियाविपरीत देखिएपछि उनलाई नियन्त्रणमा लिइएको हो। यसअघि सर्वोच्च अदालतको उच्च स्रोतले पनि उक्त पत्र ‘शंकास्पद’ रहेको र छानबिन भइरहेको जानकारी दिएको थियो।

हाल विष्टलाई जिल्ला प्रहरी परिसर, काठमाडौंमा राखेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।–00–

Share:

सम्बन्धित समाचारहरु