भरतपुर, १५ बैशाख। जापानको ओसाका शहरमा सम्पन्न २१औँ वाटा खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा अर्किड माविका छात्र सफल लामाले स्वर्ण पदक जितेका छन्।
बैशाख १२, १३ र १४ गते आयोजना भएको प्रतियोगिताको १४ वर्ष उमेर समूहको पुम्से तर्फ सफल लामाले उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक प्राप्त गरेका हुन्।
प्रेरणा तेक्वान्दो डोजाङ समूहबाट प्रतियोगितामा सहभागी भएका सफल लामा मात्र होइन, सोही समूहका योगेश कवर योगीले पनि ३० वर्ष उमेर समूहको एकल पुम्से अन्तर्गत स्वर्ण पदक जित्न सफल भएका छन्। यस्तै, सुलभ शर्माले ४८ केजी तौल समूहको फाइटतर्फ प्रतिस्पर्धा गर्दै स्वर्ण पदक हात पारेका छन्।
नेपालका युवा खेलाडीहरुले अन्तर्राष्ट्रिय मञ्चमा देखाएको उत्कृष्ट प्रदर्शनले राष्ट्रिय गौरव बढाएको छ।–00—


