नयाँ दिल्ली । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराई र भारतका रक्षामन्त्री तथा भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता राजनाथ सिंहबीच भेटवार्ता भएको छ।
भारत भ्रमणमा रहेका डा. भट्टराई र रक्षामन्त्री सिंहबीच आज नयाँ दिल्लीमा भेटवार्ता भएको हो। भेटमा नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ गर्दै विकास र आर्थिक सहकार्यलाई नयाँ उचाइमा पुर्याउने विषयमा सकारात्मक संवाद भएको डा. भट्टराईको सचिवालयले जानकारी दिएको छ।
भेटका क्रममा डा. भट्टराईले हालै भारतको कश्मीर, पेहलगाममा सर्वसाधारणमाथि भएको आतंकवादी हमलाको घोर निन्दा गर्दै गहिरो दुःख व्यक्त गरेका थिए।
डा. भट्टराई प्रगतिशील नेपाली समाज समिति, भारतको अधिवेशन उद्घाटन कार्यक्रममा सहभागी हुन भारत गएका हुन्।


