मे ५ देखि अनपेड लिभ, सबै कर्मचारी हटाइने, ५.४ अर्ब डलरको परियोजना प्रभावित

एमसीसी परियोजना बन्द गर्दै अमेरिका, नेपालमा पनि प्रभाव पर्ने सम्भावना

काठमाण्डौं, ११ बैशाख । अमेरिकाले विकासशील देशहरूमा आर्थिक वृद्धि प्रवर्धन गर्न सञ्चालन गर्दै आएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुदान सहयोग परियोजना बन्द गर्ने तयारी गरेको छ। अमेरिकी संघीय खर्च कटौतीको रणनीति अन्तर्गत एलन मस्कको नेतृत्वमा रहेको सरकारी कार्यक्षमता विभागले यस्तो निर्णय लिएको सीएनएन ले जनाएको छ।

मंगलवार एजेन्सीका कर्मचारीहरूलाई इमेलमार्फत यो सूचना दिइएको हो। सरकारी कार्यक्षमता विभाग (Department of Operational Efficiency – DoE) ले एमसीसीमा नियन्त्रण सुरु गरेको एक सातामै यस्तो निर्णय गरिएको हो।

मे ५ देखि अनपेड लिभ, सबै कर्मचारी हटाइने

सूचनाअनुसार आगामी मे ५ देखि अधिकांश कर्मचारीहरूलाई अनपेड लिभ मा पठाइनेछ भने, कार्यवाहक प्रमुख कार्यकारी (Acting CEO) बाहेक सबै कर्मचारी हटाइने तयारी छ।

एमसीसीको यो निर्णयले नेपालसहितका परियोजनाहरूमा प्रत्यक्ष असर पर्ने अनुमान गरिएको छ। तर, नेपालमा सञ्चालन भइरहेको परियोजनाको भविष्यबारे अहिले सम्म अमेरिकी निकायले औपचारिक धारणा सार्वजनिक गरेको छैन।

विदेशी सहयोगमाथि ट्रम्प शैलीको प्रहार

पोलिटिको अनलाइन अनुसार, यो निर्णय अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनको नीति अनुरूप हालको कार्यक्षमता विभागद्वारा अमेरिकी विदेशी सहायता कार्यक्रममाथि गरिएको पछिल्लो प्रहार हो। यसअघि यूएसएआईडी (USAID) पनि सोही प्रकारले प्रभावित भएको थियो।

५.४ अर्ब डलरको परियोजना प्रभावित

एमसीसीले हालसम्म ४० भन्दा बढी विकासशील देशहरूसँग साझेदारी गर्दै आर्थिक सहयोग पुर्‍याउँदै आएको थियो। यीमध्ये २० वटा निम्न आय भएका देशहरूमा ५.४ अर्ब डलरको अनुदान परियोजना कार्यान्वयन चरणमा छन्।

सन् २००४ मा तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू बुशको पालामा स्थापना भएको एमसीसीलाई विश्वकै सबैभन्दा पारदर्शी द्विपक्षीय सहयोग एजेन्सी मानिएको थियो।

अब परियोजनाहरूको भविष्य कस्तो हुने भन्नेबारे थप जानकारीका लागि नेपालस्थित अमेरिकी दूतावास वा सम्बन्धित निकायको प्रतिक्रिया पर्खनुपर्ने देखिएको छ।–00–

Share:

सम्बन्धित समाचारहरु