काठमाडौं , ९ बैशाख । कक्षा १२ को वार्षिक परीक्षा तोकिएकै मितिमा सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले परीक्षा नसार्ने निर्णय गरेको हो।
बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षा सञ्चालनका लागि आवश्यक सबै तयारी पूरा भइसकेकाले निर्धारित मितिमा नै परीक्षा सुरु हुने जानकारी दिए। ‘केन्द्र तोकिएको छ। सबै विद्यालयबाट समयमा परीक्षा होस् भन्ने अनुरोध आएको छ,’ अध्यक्ष शर्माले भने, ‘सबै जिल्लाका परीक्षा समन्वय समितिलाई केन्द्रअनुसार परीक्षा सञ्चालनको तयारी गर्न अनुरोध गर्ने निर्णय भएको छ।’
यस निर्णयसँगै परीक्षा वैशाख ११ गते सुरु भई वैशाख २४ गतेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ।–00–


