सप्तकोशीमा नुहाउने क्रममा मामा–भान्जा बेपत्ता

विराटनगर, ८ वैशाख। सप्तकोशी नदीमा नुहाउने क्रममा मामा र भान्जा बेपत्ता भएका छन्।

सुनसरीको इटहरी–१६, बालग्रामका १६ वर्षीय जेनिस आचार्य र ४० वर्षीय नवराज बास्तोला सप्तकोशीमा नुहाउने क्रममा बेपत्ता भएका हुन्। प्रहरीका अनुसार सोमबार बिहान करिब ८ः३० बजे बराहक्षेत्र मन्दिर छेउमा भान्जा जेनिस आचार्य नुहाउने क्रममा नदीमा डुबेका थिए। भान्जालाई बचाउने प्रयासमा मामा नवराज बास्तोला पनि डुबेर बेपत्ता भएका हुन्।

उनीहरूको खोजीका लागि सशस्त्र प्रहरी बल पकली र इनरुवाबाट खटिएको टोली, स्थानीयवासीहरूको सहयोगमा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।–00–

Share:

सम्बन्धित समाचारहरु