चितवनका ७ स्थानीय तहलाई ५ अर्बभन्दा बढी अनुदान, भरतपुरलाई २ अर्ब ३६ लाख रुपैयाँ

चितवन, १९ जेठ  । आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि संघीय सरकारले चितवन जिल्लाभित्रका ७ वटा स्थानीय तहलाई ५ अर्ब १ करोड १८ लाख रुपैयाँ अनुदान दिने भएको छ।

अर्थ मन्त्रालयले अन्तरसरकारी वित्तीय हस्तान्तरण अन्तर्गत प्रदेश र स्थानीय सरकारलाई प्रदान गरिने अनुदान रकमको बाँडफाँड सार्वजनिक गरेको हो। अनुदान चार प्रकारका छन्—समानीकरण, सशर्त, विशेष र समपूरक अनुदान।

सबैभन्दा धेरै भरतपुर महानगरपालिकाले २ अर्ब ३६ लाख रुपैयाँ अनुदान पाएको छ।
महानगरका उपनिर्देशक जगन्नाथ पौडेलका अनुसार, भरतपुरले

  • समानीकरण : ४० करोड ८३ लाख

  • सशर्त : १ अर्ब ५७ करोड ४५ लाख

  • विशेष : १ करोड ४३ लाख

  • समपूरक : ६५ लाख
    गरि कुल २ अर्ब ३६ लाख रुपैयाँ प्राप्त गरेको हो।

अन्य स्थानीय तहमा अनुदान विवरण यस्तो छ:


🔹 रत्ननगर नगरपालिका – ५८ करोड ८२ लाख

  • समानीकरण : १७ करोड ८९ लाख

  • सशर्त : ३९ करोड ७० लाख

  • विशेष : ६८ लाख

  • समपूरक : ५५ लाख


🔹 राप्ती नगरपालिका – ५४ करोड

  • समानीकरण : १६ करोड ५० लाख

  • सशर्त : ३४ करोड ७८ लाख

  • विशेष : २ करोड १५ लाख

  • समपूरक : ८७ लाख


🔹 खैरहनी नगरपालिका – ५० करोड ३२ लाख

  • समानीकरण : १५ करोड ५४ लाख

  • सशर्त : २६ करोड ४४ लाख

  • विशेष : ५ करोड १० लाख

  • समपूरक : ३ करोड २४ लाख


🔹 माडी नगरपालिका – ४७ करोड ७४ लाख

  • समानीकरण : १२ करोड ८३ लाख

  • सशर्त : ३२ करोड ११ लाख

  • विशेष : १ करोड ९० लाख

  • समपूरक : ९० लाख


🔹 कालिका नगरपालिका – ४३ करोड १ लाख (सबैभन्दा कम)

  • समानीकरण : १३ करोड ८५ लाख

  • सशर्त : २५ करोड ५८ लाख

  • विशेष : २ करोड ८५ लाख

  • समपूरक : ७३ लाख


🔹 इच्छाकामना गाउँपालिका – ४६ करोड ६३ लाख

  • समानीकरण : १० करोड १८ लाख

  • सशर्त : ३४ करोड ९७ लाख

  • विशेष : ६८ लाख

  • समपूरक : ८० लाख


संघीय सरकारको यो अनुदान रकम स्थानीय विकास, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य तथा सामाजिक सुरक्षाजस्ता कार्यक्रमहरूमा खर्च गरिने जनाइएको छ।

Share:

सम्बन्धित समाचारहरु