पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनले पार्टीको जिम्मेवारीमा फर्किए

रुपन्देही, ६ बैशाख । नेकपा माओवादीका उपाध्यक्ष बनेका पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनले पार्टीको जिम्मेवारीमा फर्किएका छन्  ।

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नन्दकिशोर पुनले आज प्यूठानमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा आफ्नो राजनीतिक यात्रा र पार्टी जिम्मेवारीमा फर्कने विषयमा प्रकाश पारे।

पुनले भने, “मैले पहिले पनि पार्टीको आदेशअनुसार उपराष्ट्रपति पदको जिम्मेवारी सम्हालेको थिएँ, र अहिले पनि पार्टीको आवश्यकता अनुसार नै जिम्मेवारीमा फर्किएको हुँ।”

उनले यो पनि स्पष्ट पारे कि पूर्व राष्ट्रपति वा उपराष्ट्रपतिलाई पार्टी जिम्मेवारीमा फर्कन कुनै कानुनी वा संवैधानिक अड्चन छैन। “कानुनले कुनै अवरोध राखेको छैन, यो भनेको भनेको पार्टीको आवश्यकता र मेरो व्यक्तिगत चाहना हो,” पुनले थपे।

पुनले यसै क्रममा राजावादी गतिविधिहरूको कडा विरोध गर्दै, “राजतन्त्रको पुनर्स्थापना गर्ने कुनै कल्पना कसैले पनि नगरेको कुरा, र त्यस्ता विचारधारालाई नेपाली जनताले समर्थन गर्न सक्दैन,” भने।

उनले पार्टीको आगामी योजनाहरू र राजावादी गतिविधिहरूको विरोध गर्दै, माओवादीको कार्यतालिकामा अवरोध पुर्याउने प्रयासलाई अस्वीकार गरे। “राजावादीहरूले माओवादीको कार्यक्रम विथोल्ने उद्देश्य राखेर सोही दिन कार्यक्रम राखे, जुन स्पष्ट रूपमा मण्डली चरित्र थियो,” पुनले भने।

उपाध्यक्ष पुनले पार्टीको आवश्यकता अनुसार राष्ट्रपतिमा आफू अघि बढ्न तयार रहेको बताएका छन्।–00–

Share:

सम्बन्धित समाचारहरु