रत्ननगर, २४ चैत्र । पूर्वी चितवनको रत्ननगरमा बृहत निशुल्क योग शिविर आयोजनाहुने भएको छ ।
चैत्र २६ गतेदेखि नेपाल नमुना माध्यमिक विद्यालयको परिसरमा आयोजनाहुने योग शिविरको तयारी अन्तिम चरणमा पुगेको आयोजक पतंजली योग समिति, चितवनले जनाएको छ ।
पाँचदिन सम्म चल्ने योग शिविरमा दैनिक १५ सयभन्दाबढी सहभागीहुनेगरी व्यस्थापन गरिएको कार्यक्रम संयोजक राजेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
विहान ५ बजेदेखि ७ बजे सम्म योग शिविर संचालन हुनेछ ।

योगको साधनावाट औषधी सेवननै नगरी कयौं रोगहरुको उपचारहुने भएकाले योग साधना अहिलेको आवश्कता हो । आयुर्वेद तथा वैकलिप्क चिकित्सालय रत्ननगरका प्रमुख डा. कोपिला अधिकारीका अनुसार मधुमेह, मुटुरोग लाग्ने विरामीहरुको संख्या दैनिक बढ्दै गइरहेको छ । रोगसँगै मानसिक रोगले समेत सताउन थालेपछि औषधी सेवनगर्नेहरुको संख्या दैनिक बढ्दो क्रममा छ । योग, आशन, साधना र ध्याननै एउटा अचुक उपाय हो । औषधी प्रयोग विनानै रोगहरुलाई नियन्त्रणगर्न सकिन्छ उहाँले भन्नुभयो – यो शिविरवाट धेरै फाइदा लिन सकिन्छ, सबैजना सहभागीहुनुहोला ।
उद्योग बाणिज्य संघ, चितवनका उपाध्यक्ष शंकर गिरी, पतञ्जली योग समिति चितवनका उपाध्यक्ष बालकृष्ण भट्टराइ ,पतंजली योग समिति चितवनका अध्यक्ष बलराम थापा क्षेत्री लगायतले योग शिविरको तयारी र महत्वबारे जानकारी दिएका थिए ।
३० गते सम्म शिविर संचालनहुनेछ ।–00—


