९ घण्टापछि सञ्चालनमा आयो नारायणगढ–मुग्लिन सडक

काठमाडौँ, २४ असार । पहिरोका कारण शनिबार दिउँसोदेखि अवरुद्ध मुग्लिन-नारायणगढ सडकखण्ड आइतबार बिहानैदेखि सञ्चालनमा आएको छ । सडक डिभिजन भरतपुरको टोलीले पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याएको हो ।

 

शनिबार दिउँसो ४ बजेतिर मुग्लिन-नारायणगढ खण्डको काली खोला नजिकै सुख्खा पहिरो जाँदा सडक अवरुद्ध भएको थियो । मुग्लिन-नारायणगढ खण्डका विभिन्न स्थानमा पहिरो जाँदा पटक पटक सडक अवरुद्ध हुने गरेको छ ।

 

गत साता पनि लगातार ३ दिनसम्म पहिरोले सडक अवरुद्ध हुँदा ठूलो संख्यामा यात्रुहरू वैकल्पिक मार्गबाट पैदल हिँड्न बाध्य भएका थिए ।–00–

Share:

सम्बन्धित समाचारहरु