नगरबासीहरुको मुहारमा खुशी ल्याउने प्रयास जारी छ - विनोद रेग्मी

दलित तथा सीमान्तकृत महिलाहरुका लागि आयोजना गरिएको नेतृत्व विकास तालिम सकियो

चितवन(कालिका) १७ चैत्र । सीमान्तकृत समुदायका महिलाहरुको जिविकोपार्जन तथा आर्थिक सुधारका लागि कालिका नगरपालिकाको वडा नं. ३ मा आयोजना गरिएको पाँचदिने नेतृत्व विकास तालिम आज समापन भएको छ ।

करणा ट्रष्ट यूके परियोजनको आर्थिक सहयोगमा एडवान नेपालले संचालन गरेको दलित तथा सीमान्तकृत महिलाहरुको जिविकोपार्जन तथा आर्थिक सुधार परियोजना अन्तर्गत वडा नं. ३ का दुई महिला समुहका ४० जना सदस्यहरुलाई नेतृत्व विकास सम्बन्धि रुपान्तरणकारी सामाजिक परिचालन तालिम आयोजना गरिएको थियो । तालिमको कालिका नगरपालिका प्रमुख विनोद रेग्मीले समापनगर्नुभएको हो । तालिम समापन कार्यक्रममा बोल्दै नगर प्रमुख रेग्मीले नगरबासीहरुको मुहारमा खुशीयाली ल्याउने प्रयास गरिरहेको बताउनुभयो ।

 

महिलाहरुलाई आयआर्जनमा टेवा पुग्नेगरी विभिन्न खालका सीप मुलक तालिम समेत आयोजना गर्दै आएको बताउनुभयो । महिला तथा बालबालिको क्षेत्रमा नगरपालिकाले विशेष ध्यान दिँदै आएको उहाँको भनाई छ । २०८३ साल भित्रै नगरपालिकालाई बालमैत्री नगर घोषणाको तयारीमा नगरपालिका रहेको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा नगर उपप्रमुख विमला तामाङले आयआर्जनका लागि नेतृत्व विकास तालिमले महत्वपूर्ण अर्थ राख्ने बताउनुभयो । तालिममा सिकेको विषयलाई आयआर्जनमा जोड्ने प्रयासमा लाग्न आग्रहगर्नुभयो । तालिमले दिदी बहिनीहरुको आर्थिक सुधारमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा वडा नं. ३ का वडा अध्यक्ष वीरेन्द्र तामाङ, सामाजिक शाखा प्रमुख प्रकाशचन्द्र पौडेल, लुमन्ती संस्थाका कर्य क्षेत्र संयोजक सिंह वहादुर वाईबा लगायतले बोल्नुभएको थियो ।

तालिम आयोजक एडवान नेपालका अध्इक्ष विन्दु परियार थापाको अध्यक्षतामा आयोजना गरिएको हो ।

 

–00—

Share:

सम्बन्धित समाचारहरु