आशमान तामाङ गृह मन्त्रालयमा सरुवा, चितवनको प्रमुख जिल्ला अधिकारीमा सुरेन्द्र पौडेल आउने

चितवन, ७ माघ । चितवनका प्रमुख जिल्ला अधिकारी आशमान तामाङ गृह मन्त्रालयमा तानिएपछि सुरेन्द्र पौडेललाई चितवनको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ । उपप्रधान तथा गृहमन्त्रीस्तरीय निर्णयानुसार उनीहरुको सरुवा भएको हो ।

यस्तै उनीहरु सहित सरकारले एकै पटक ४२ जना प्रमुख जिल्ला अधिकारी र ७ जना सहायक प्रमुख जिल्ला अधिकारीसहित ७० जना सहसचिव र उपसचिवको सरुवा गरेको हो । उपप्रधान तथा गृहमन्त्रीस्तरीय निर्णयानुसार सबै सहसचिव र उपसचिवहरूलाई काज सरुवा गरिएको छ । सरुवा हुनेमा सिडिओ, सहायक सिडिओका साथै जेलर, निर्देशकसम्म रहेका छन् ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु