चितवनवाट काठमाडौं जाँदै गरेको हायस थानकोटमा दुर्घटना, एकजनाकाे मृत्यु

काठमाडौं १० चैत्र । चितवनबाट काठमाडौं जाँदै गरेको हायस अनियन्त्रित भई थानकोटमा दुर्घटना हुँदा एकजनाको मृत्‍यु भएको छ ।
मृत्यु हुनेमा २५ वर्षीया महिला सबिना गुरूङ रहेकी  छिन् ।  दुर्घटनामा घाइते भएकी उनको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्‍यु भएको हो ।
यस्तै दुर्घटनामा परी चितवनको कालिका नगरपालिका-७ घर भएकी ६८ वर्षीया तारादेवी कुमालको स्थिति गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार काठमाडौंको चन्द्रागिरि नगरपालिका-१५ ३३ वर्षीया बिन्दु देवकोटा, बिन्दुको छोरा दिब्यन पोख्रेल (डिस्चार्ज भइसकेका), ४० वर्षीया अनिता थापा, ३७ वर्षीय मोहित गुरूङ, २५ वर्षीय सीमा कुमाल, २० वर्षीया कुसुम राई उपचाररत छन् ।–000–

Share:

सम्बन्धित समाचारहरु