त्रिशूलीमा बेपत्ता बस र यात्रुहरुको खोजिकार्यमा वाटर ड्रोनको प्रयोग

चितवन ,२९ असार। त्रीशुली नदिमाबेपत्ता भएकाहरुको पानीभित्र प्रयोग गरी खोज्न सकिने सोनार क्यामरा, वाटर ड्रोन, पाइपलाइन इन्सपेक्सन सिस्टम सहित खोजीकार्य सुरु भएको छ ।

र्याफ्टबोटमा जडान गरेर पानीभित्रको बस्तुहरु हेर्न सोनार क्यामराले सहयोग पुर्‍याउँछ ।

 

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ९ जना गोताखोरसहित २५ जना र नं.१७ गण चितवनबाट ११ जना विपद् व्यवस्थापन तालिम प्राप्त सहित ३५ जनाको सुरक्षा फौज उनीहरुको खोजीकार्यमा परिचालित छन् । साथै नेपाली सेना र नेपाल प्रहरी समेत परिचालित रहेका छन् ।

हिजो विहानैदेखि साँझ सम्म खोजि तथा उद्धार कार्य चलेपनि पानीको बहाव उच्च र धमिलोपनाका कारण पत्ता लागेन ।

बीरगंजबाट काठमाडौतर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको डिलक्स र काठमाडौबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको बस भरतपुर महानगर पालिका-२९ सिमलताल असार २८ गते बिहान नारायणी नदिमा खसेको थियो ।–00–

 

Share:

सम्बन्धित समाचारहरु