वडा नं ११ मा पहिलाे पटक कालाेपत्रे सडक निमार्णहुंदै

कालिकाकाे सिद्धी तिन दाेभानदेखि वडा नं ११ काे कार्यालय सम्म पक्की सडक निमार्ण सुरु

कालिका ,२९ पाैष । कालिका नगरपालिकाकाे वडा नं ११ स्थित सिद्वी तीन दाेभानदेखि ११ नम्बरकाे वडा कार्यालय सम्म पक्की सडक निमार्णहुने भएको छ ।

कालाेपत्रे सडकबाट नजाेडिएकाे नगरपालिकाकै एउटा मात्रै वडा ११ नम्बर वडा हाे । वडा कार्यालयलाईपनि पक्की सडकमा जाेड्न संघीय समपुरक अनुदान अन्तर्गत संघीय सरकारवाट १ कराेड ९० लाख र कालिका नगरपालिकावाट १ कराेड ९० लाख गरि ३ कराेड ८० लाख बजेटमा पक्की सडक निमार्णहुन लागेको हाे । सडक निमार्णकाे ठेक्का प्रकृया पूरा भएर आजमात्रै नगरप्रमुख विनाेद रेग्मीले शिलान्यास समेतगर्नुभयाे ।


याे योजना सिद्दी तीन दोभान देखि ११ न वडा कार्यालय सम्म पहुँच सडक निर्माण योजना कालिका नगरपालिकाकाे आ.व २०८१/०८२ बजेट बाट बिनियोजन भएकोमा उक्त योजना कर्यान्वयनको लागि ४ करोड १५ लाखको लागत अनुमान स्वीकृत गरि ठेक्का आव्हान गर्दा शक्ति शिव जिआरम जे भि ले २ करोड ८८ लाख ८५ हजारमा ठेक्का पारेर उक्त फर्म सङ मिति २०८१ पौष २९ गते ठेक्का सम्झौता भएको छ ।

ठेक्का सम्झौता भएसंगै सडक निमार्णकाे कार्य सुचारुको लागि शिलान्यास गरिएको कालिका नगरपालिकाका नगर प्रमुख रेग्मीले बताउनुभयाे ।

उक्त सडक निर्माण सम्पन्न हुदा १७०० मि कलोपत्रे , २ सय २३ मि ढलान सडक गरि ११ न्न वडा कर्यालय सम्म जोदिनेछ । याे संगै ११ न्न वडा कर्यालयबाट रन्तेस बजार सम्म उच्च स्तरीय ११०० मि सडक पनि निर्माण हुनेछ ।

सडक निर्माण साथै २८ सय मिटर पक्की आरसि नाला निर्माण हुनेछ । उक्त ठेक्का २०८२ असार १५ गते सम्म सक्ने गरि निर्माण ब्यवसायिसंग सम्झौता भएको नगर प्रमुख रेग्मीले जानकारी दिनुभयाे ।

याे वडा सिमान्तकृत चेपाङ समुदायको बाहुल्यता छ । याे वाटाे निमार्ण भएसंगै कालिका नगरपालिकाका सबै वडा कार्यालयहरू पक्की सडककाे पहुँचमा पुग्नेछ । निर्वाचनकाे बेला हरेक वडालाई कालाेपत्रेकाे पहुँचमा लैजाने भनेर जनतालाई दिएकाे बाचा अनुसार पहाडी क्षेत्रमा समेत कालाेपत्रेकाे संजाल विस्तारगर्न लागिएको उप प्रमुख विमला तमाङले बताउनुभयाे ।

 

वडा नं ११ का सडकहरूमा पहिलाे पटक कालाेपत्रे हुन लागेकोमा खुशी व्यक्तगर्दै नगर उप प्रमुख तमाङले यसैैगरी विस्तारगर्दै सबै बाटोहरूलाई कालाेपत्रेकाे पहुँचमा पुर्याउने लक्ष्य रहेकाे सुनाउनुभयाे ।

कालाेपत्रे सहितको पक्की सडक बन्ने खबरले वडाबासी उत्साहित देखिएको वडा नं ११ का वडा अध्यक्षले बताउनुभयाे ।

-00–

Share:

सम्बन्धित समाचारहरु