समिट अस्पतालमा निःशुल्क स्वास्थ्य शिविरमा २०५ को स्वास्थ्य परीक्षण

भरतपुर । समिट हेल्थकेयर अस्पताल प्रा.लि. र लायन्स क्लब अफ चितवन मालिकाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर गरिएको छ । अस्पतालमा आयोजित शिविरमा २०५ जना बिरामीको स्वास्थ्य परीक्षण गरी उपचार गरिएको छ ।

भरतपुर महानगरपालिका वडा नं. ९ केन्द्रीय बस टर्मिनलको पूर्वमा रहेको समिट हेल्थकेयर अस्पतालमा शनिबार सञ्चालन भएको १ दिने निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको हो । शिविरमा वरिष्ठ कन्सल्ट्यान्ट फिजिसियन डा. शशांक कुमार सिंहले पेट, छाती, मुटु, मधुमेह, बाथ, थाइराइड तथा उच्च रक्तचाप रोग सम्बन्धी विषेशज्ञ स्वास्थ्य परामर्श र उपचार सेवा उपलब्ध गराएका थिए । शिविरमा बिरामीहरुलाई निःशुल्क परामर्श सहित सबैखाले ल्याव परीक्षण, एक्सरे, भिडियो एक्सरे, इको, लगायत सेवा हरुमा ५० प्रतिशत छुट समेत उपलब्ध गराएको अस्पताल जनाएको छ ।

शिविरमा उपचार गराएका बिरामीहरुले आगामी १० दिनसम्म सो सेवा समेत लिन सक्नेछन् । शिविरमा वरिष्ठ हाडजोर्नी विषेशज्ञ डा. गौरव न्यौपाने, वरिष्ठ महिला तथा प्रसूति रोग विषेशज्ञ डा. बन्दना न्यौपाने, मेडिकल अधिकृत डा. निराजन विक्रम सिंह सुनारले विरामीको उपचार गरेका थिए । स्वास्थ्य शिविरमा लायन्स क्लब अफ चितवन नारायणी सह आयोजक रहेको थियो ।–00–

Share:

सम्बन्धित समाचारहरु