सातदोबाटोमा गुडिरहेको बसमा आगलागी

काठमाण्डौ, ३ कार्तिक

ललितपुरस्थित सातदोबाटोमा गुडिरहेको बसमा आगलागी भएको छ । तर, कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । शनिबार अपराह्नतिर महानगर यातायातको बा ४ ख १०६ नम्बरको बसमा आगलागी भएको हो ।

सातदोबाटोबाट ग्वार्कोतर्फ जाँदै गरेको बसमा अचानक तार ‘सर्ट’ भएर आगलागी भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय ललितपुरका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक रवरत्न पौडेलले जानकारी दिए ।

बसमा आगलागी भएको खबर प्राप्त हुनासाथ प्रहरी टोली र ललितपुर महानगरपालिकाका दुईवटा दमकल प्रयोग गरेर आगो निभाइएको थियो । आगलागीबाट बस पूर्णरूपमा क्षतिग्रस्त भएको छ ।

आगलागीबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share:

सम्बन्धित समाचारहरु