छिमेक लघुवित्तको आयोजनामा तीनदिने आधारभूत बाख्रापालन तालिम आयोजना

कालिका, २४ पौष । चितवनको कालिका नगरपालिकामा वडा न ३ तीन दिने आधारभूत बाख्रापालन तालिम सम्पन्न भएको छ। छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड कालिका शाखाको आयोजनामा कालिका नगरपालिका वडा नं. ३ को सभा हलमा उक्त तालिम आयोजना गरिएको हो ।

तालिम पुष २१ गतेदेखि सुरु भएको थियो। गरिव को दुनो गाई’ भन्ने मूल नाराका साथ धालियको बाख्रा पालन तालिम छिमेक लघुवित्तसँग आवद्ध सदस्यहरूको आयस्तर तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम दिइएको कालिका शाखाप्रवन्धक ऋषि राम तिमिल्सिना बताउनु भयो। तालिममा ३३जनाको सहभागिता रहेको थियो।

सहभागीहरूले तालिम एकदमै लाभदायक भएको र किसानको धेरै जसो समस्याको समाधाम समेत भएको प्रतिक्रिया दिएका थिए। किसानहरूले आगामी दिनमा निश्चित उद्देश्य लिएर व्यावसायिक रूपमा बाख्रा पालन गर्ने समेत प्रतिबद्धता जनाएका छन्।–00–

Share:

सम्बन्धित समाचारहरु