चितवन ११ पुष
जेष्ठ नागरिक दिवसको अवसरमा राप्ती नगरपालिका वडा नम्बर ४ मा जेष्ठ नागरिकहरुलाइ सम्मान गरिएको छ । जेष्ठ नागरिक संघ उज्जल उप-शाखाको आयोजना तथा राप्ती नगरपालिका वडा नम्बर ४ को सहयोगमा ५० जना जेष्ठ नागरिकहरुलाइ सम्मान गरिएको हो ।
वडा अध्यक्ष केदार प्रसाद आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा वडा भित्र रहेका ८५ वर्ष भन्दा बढी उमेरका जेष्ठ नागरिकहरुलाइ सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष आचार्यले यस्ता कार्यक्रमले जेष्ठ नागरीकको आत्मसम्मान बलियो बनाउन मद्दत मिल्ने बताउनु भयो ।

