काठमाण्डौ २९, मंसिर ।
देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले देशभरको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराई क्षेत्रका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको अवस्था छ ।
महाशाखाका अनुसार, आज दिउँसो कोसी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।
आज राति पनि देशभरको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।


